हुलाक टिकट नेपालमै छापिने, हुलाक सेवा विभाग र जनक शिक्षा सामग्री केन्द्रबिच सहमति

आजभोलि

काठमाडौँ  । हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको छ ।

विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको बताउँदै भन्नुभयो, “सुरक्षासाथ नेपालमै छाप्न सक्ने प्रकाशनगृहको खोजी हुँदा जनक शिक्षा उपयुक्त देखियो । मतपत्र, राजस्वका स्टिकरलगायत त्यहीँ छापिने रहेछन् । निजी छापाखानाले सुरक्षाका साथ छाप्न सक्ने देखिएन । सरकारी निकाय पनि भएकाले जनक शिक्षालाई यसको जिम्मेवारी दिने सहमति ग¥यौँ । स्वदेशी संस्थालाई प्रवर्धन गर्नु पर्छ । यतिका लागि विदेश जानुपर्ने आवश्यकता छैन ।”

टिकटको प्रचलन थाल्दा नेपालमै टिकट छापिने गरेको विभागका पदाधिकारीहरू बताउँछन् । प्रविधि परिवर्तन हुँदै गएपछि छपाइका लागि विदेश पठाउन थालियो । टेन्डर प्रक्रिया अनुसार छाप्दा भारत, इन्डोनेसिया, बेलायतलगायतका मुलुकमा छपाइ हुन्थ्यो । यसरी छाप्दा विभागका पदाधिकारी हरेक वर्ष दुई तीन पटक ती मुलुकमा निरीक्षणमा जाने गरेका थिए । उहाँले भन्नुभयो, “स्वदेशमै हुलाक टिकट छाप्न थालियो भने निरीक्षणका लागि विदेश जानु पनि परेन । त्यसो हुँदा राज्यको रकम बचत पनि हुने छ ।”

विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपियाँ खर्च हुन्थ्यो । जनक शिक्षाले प्रति टिकट ९५ पैसामा छपाइ गरिदिने प्रस्ताव दिएको छ । विभागसँग स्टक सकिने अवस्थामा रहेको १० रुपियाँ दरको हुलाक टिकट पहिले छपाइ गरिने छ । विभागले एक रुपियाँ र पाँच रुपियाँ दरका पनि हुलाक टिकट छाप्ने गरेको छ । सुरुमा के कति परिमाणमा हुलाक टिकट छपाइको जिम्मा दिने भन्नेबारे टुङ्गो लागिसकेको छैन ।

जनक शिक्षाले आफ्नो परिसरमा रहेको सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ गर्ने भएको छ । छपाइका व्रmममा सुरक्षार्थ नेपाली सेनालाई परिचालन गरिने छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को प्रश्नपत्र, मतपत्रलगायत छाप्दा नेपाली सेनाका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि सुरक्षार्थ खटाउने गरिएको छ ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले हुलाक टिकट छपाइका लागि कार्यादेश पाउन बाँकी रहेको बताउँदै भन्नुभयो, “पहिलो पटक हुलाक टिकट छाप्ने जिम्मेवारी पाउँदै छौँ । यो छाप्न जटिल भए पनि सक्छौँ ।” यसका लागि आवश्यक पर्ने गमसहितको कागज विदेशबाट नै आयात गर्नुपर्ने हुन्छ । टिकटमा ससाना प्वाल पार्न विशेष खालको मेसिन आवश्यक पर्ने भएकाले त्यस्तो मेसिन पनि विदेशबाट झिकाउनुपर्ने हुन्छ ।

जनक शिक्षासँग सेक्युरिटी प्रेसमा दुई वटा अत्याधुनिक जापानी प्रविधिको छपाइ मेसिन छ । चार रङको छपाइ गर्ने सो मेसिनको प्रयोग गरी विगत चार वर्षदेखि अन्तःशुल्कको स्टिकर छाप्ने गरिएको छ ।  गोरखापत्र दैनिकमा समाचार छ ।

  • २२ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !