कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने : शशांक कोइराला

आजभोलि

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने बताएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर ६ काठमाडौंले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेस अहिले पनि बलियो रहेको र कांग्रेस एकजुट भए सवै दलहरु एकजुट भएपनि कसैले प्ररास्त गर्न नसक्ने बताएका हुन् ।

उनले कांग्रेसका समर्थक र शुभेच्छुकहरुले माया गरेका कारण आफु अहिलेको स्थानमा आएको भन्दै आफुले पनि सम्मान गर्ने बताए । आफुलाई भाषण गर्न नआउने र आफुले आफूले बोल्ने कुरा हृदयबाट आउने उनले बताए । कोइरालाले जनतालाई छुनेगरी दीर्घकालीन योजना बनाएर कांग्रेस अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

त्यस्तै कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राज्यसंयन्त्रकोे मूल्याङ्कन गर्दा संविधानले परिकल्पना गरेअनुसार काम गर्न नसकेको बताए । कांग्रेसभित्र सुधार गरेर एकतावद्ध भए अहिले पनि कांग्रेसजस्तो भरपर्दो र विश्वासिलो पार्टी अरु कुनै नरहेको उनले बताए ।

पार्टीभित्र सबैतिर पुनरावलोकनको आवश्यता रहको र अर्कोलाई खोटमात्र देखेर नभई आफुलाई नै सुधारेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

  • २६ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !