अनमोल केसीकाे ‘फर्की फर्की’ शुभसाइत सम्पन्न

आजभोलि

काठमाडाैं । नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘फर्की फर्की’ शुभसाइत सम्पन्न भएको छ । ललितपुरको बंगलामुखी माई मन्दिरमा आज बिहानै फिल्मको शुभसाइत गरिएको हो ।

फिल्मको छायांकन मंसिर ११ गतेबाट पोखरामा सुरु हुनेछ । यो फिल्मलाई आउँदो बर्षको जेठ ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ । यो फिल्मलाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गर्दैछन् । फिल्ममा सुयोग गुरुङको निर्देशन रहनेछ । फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यस्तै, फिल्मका कार्यकारी निर्माता अनीरुद्र गिरी छन् ।
फिल्ममा अनमोल र जसिताको साथमा कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको मुख्य भूमिका रहनेछ । यस्तै यो फिल्ममा रवि काफ्ले र समृद्धी अर्यालले फिल्म क्षेत्रमा नायक–नायिकाको रुपमा डेब्यू गर्दैछन् ।

फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहने पक्का भैसकेको छ । फिल्म ‘फर्की फर्की’मा प्रोडक्शन हेडको रुपमा शंकर पाण्डे रहेका छन् । फिल्ममा काफिया फिल्मस्, कुवेर फिल्मस् र एमएसएम इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ ।

फिल्मको शुभसाइत समारोहमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरुले पूजा गरेका थिए । फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले क्ल्याप हान्दै शुभसाइत भएको घोषणा गरे । पत्रकारहरुसँग कुरा गर्दै नायक अनमोल केसीले भने–‘फिल्म भनेको टेबलमा बन्छ । यो फिल्म पनि टेबलमै तयार भैसकेको छ । दर्शकले लभ स्टोरी फिल्ममा एउटा नयाँ स्वाद पाउनु हुनेछ । यो मेरो करिअरको नयाँ यात्रा पनि हो ।’

यस्तै, नायिका जसिता गुरुङले एउटा उत्कृष्ट लभ स्टोरी फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले, अनमोल केसीसँग बल्ल जोडी जम्न लागेको भन्दै दर्शकले थुप्रै सरप्राइज पाउने बताइन् । फिल्मका निर्माता रोहित अधिकारीले एउटा ठूलो क्यानभासमा उत्कृष्ट लभ स्टोरी फिल्म बनाउने बताए ।

यस्तै, फिल्मका निर्देशक सुयोग गुरुङले ‘फर्की फर्की’को कथाले दर्शकलाई लभ स्टोरी फिल्ममा नै नयाँ स्वाद दिने तर्क गरे । फिल्मका नव कलाकारद्धय रवि र समृद्धीले पनि एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा उत्साह व्यक्त गरेका थिए ।
निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मको छायांकन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा हुनेछ ।

  • ८ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !