मुस्ताङमा यो वर्ष घट्यो आलु उत्पादन

आजभोलि

मुस्ताङ । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको हो ।

केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार गत वर्ष नौ हजार ६०३ मेट्रिक टन आलु उत्पादन भएकोमा यो वर्ष छ हजार तीन ३६३ मेट्रिक टन आलु उत्पादन भएको छ । ‘यसपालि आलुको बोट हुर्कने समयमा लगातार वर्षा हुँदा वृद्धि विकास राम्रो हुन सकेन’, प्रमुख बस्ताकोटीले भने, ‘डढुवा रोगका प्रकोप पनि आलु उत्पादन घट्नुको कारण हो ।’

स्थानीय तहका कृषि शाखासँग समन्वय गरी आलुको क्रप कटिङ गरिएको थियो । चैत–वैशाख महिनामा लगाइने आलु असोज–कात्तिक महिनामा भित्र्याइन्छ । गत वर्ष प्रतिहेक्टर ३०.७८ मेट्रिक टन आलु उत्पादन भएकामा यो वर्ष २० दशमलव दुई मेट्रिक टन फल लागेको छ । मुस्ताङको ३१५ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसपालि आलुखेती हुने क्षेत्रफल तीन हेक्टरले भएको थियो ।

मुस्ताङमा उत्पादन हुने आलु पोखरा, काठमाडौँ, चितवनलगायतका बजारमा खपत हुने गरेको छ । केन्द्रका अनुसार यहाँ उत्पादन हुने आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत भई बाँकी ७० प्रतिशत निकासा हुन्छ । आलु प्रतिकिलो सरदर ५० रुपैयाँमा बिक्री हुन्छ ।

यहाँ गत वर्ष ४८ करोड नौ लाख मूल्य बराबरको आलु उत्पादन भएकामा यसपटक ३१ करोड ८१ लाख रुपैयाँबराबरको मात्रै भएको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादिको प्रयोगबिना उत्पादन भएको आलुको बजारमा उच्च माग रहेको किसान रोशन थकालीको भनाइ छ ।

आलु खेतीमा भेडा–च्याङग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग हुन्छ । आलु खेतीका लागि गण्डकी प्रदेश सरकारमार्फत चालु आर्थिक वर्षमा प्रतिरोपनी सात हजार ५०० अनुदान छुट्याइएको छ ।

  • २९ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !