न्युजिल्याण्डले नेपालविरुद्ध पहिला ब्याटिङ गर्दै

आजभोलि

 

काठमाडौँ । आइसिसी यु–१९ एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्याण्ड विरुद्धको खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलोपार्क क्रिकेट मैदानमा भरखरै भएको टसमा न्युजिल्यान्डका कप्तान ओस्कार ज्यासनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो ।

यु–१९ विश्वकपमा यसअघि नेपालले दुई पटक न्युजिल्यान्डको सामना गरेको छ । दुवै खेलमा नेपालले जित हासिल गरेको थियो । सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो भने सन् २०१६ मा भएको खेलमा नेपालले ३२ रनले हराएको थियो ।

नेपाली टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपीन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा र आकाश चन्द रहेका छन् ।

  • ७ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !