बागमतीसित कर्णाली पराजित

आजभोलि

काठमाडौं । मूलपानी क्रिकेट मैदानमा चलिरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध सात विकेटको सहज जित निकाल्दै वाग्मती प्रदेश शीर्ष स्थानमा उक्लिएको छ । आज मूलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य वाग्मतीले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको छ ।

वाग्मतीको जितमा इशान पाण्डेले ४० रन बनाएका छन् । पाण्डेले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका छन् । रविन जोशीले १६ रन थपेका हुन् ।

कर्णालीका निम्ति तीन विकेट नै दीवन पुनले लिएका छन् । त्यसअघि, टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४.२ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रन बनाएको थियो ।

वाग्मतीविरुद्ध निरीह देखिएको कर्णालीका अर्जुन घर्तीले २३ रन बनाएका छन् । निश्चल रावलले १३ रन थपेका छन्  । कर्णालीले १७ अतिरिक्त रन पाएको थियो ।

कर्णालीलाई सस्तैमा रोक्न वाग्मतीका रिजन ढकालले पाँच विकेट लिएका छन् । कृजन गुरुङले दुई र विपीन आचार्य, सूर्य तामाङ र प्रतिश जिसीले समान एक विकेट लिएका छन् ।

वाग्मतीले ६ खेलबाट आठ अंक जोडेको छ । पाँच खेलबाट चार अंकको कर्णाली तालिकाको सातौँ स्थानमा रहेको छ ।

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !