विश्वकप क्रिकेट : अफगानिस्तानले पहिला ब्याटिङ गर्दै

आजभोलि

 

काठमाडौँ । आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा भर्खरै भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । यससँगै अब नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल र अफगानिस्तान यु–१९ विश्वकपमा पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाललाई जित्नैपर्ने दबाब रहेको हो ।

समूह ‘डी’ को पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो । आजको खेलमा जित निकाले नेपाल सुपर सिक्समा पुग्नेछ । यता अफगानिस्तानले पनि नेपाललाई पराजित गरेमा सुपर सिक्समा पुग्नेछ ।

अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित विपिन रावल (विकेटकिपर), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र तिलक भण्डारी छन् ।

  • १२ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !