कामकुराे सडकनाटक प्रदर्शन हुँदै

आजभोलि

काठमाडौं । काभ्रेपलान्चोकको खानीखोला गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘कामकुरो’को प्रदर्शनी आजबाट सुरु भएको छ ।

आज आइतबार माघ १४ गतेदेखि माघ १८ गतेसम्म उक्त गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा नाटक प्रदर्शन हुने भएको हो ।

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक ‘कामकुरो’को प्रदर्शन आज गाउँपालिकाको बुद्ध माध्यमिक विद्यालय धाप्लेमा विहान १०ः ३० र जनहित माध्यमिक विद्यालय महाकाँलमा दिउँसो २ बजे प्रदर्शन हुने भएको छ ।

त्यस्तै, भोलि माघ १५ गते बालविकास माध्यमिक विद्यालय फलामेटार र धार्ने ज्योति माध्यमिक विद्यालय धार्ने, मा १६ गते भृकुटी माध्यमिक विद्यालय सौरे र कुमारी माध्यमिक विद्यालय जगथली, माघ १७ गते शारदा माध्यमिक विद्यालय देउराली र १८ गते जनविकास माध्यमिक विद्यालय ताल्ढुङ्गामा नाटक प्रदर्शन हुनेछ ।

नाटकमा सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, सागर कार्की, शान्ति भट्टराई, प्रज्ज्वल अधिकारी र अन्जना दुलालको अभिनय रहेको छ ।

  • १४ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !