आहारारा गोल्डकप : मनाङ–मर्स्याङ्दी र जावलाखेल भिड्दै

आजभोलि

पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा आज मनाङमर्स्याङ्दी र जावलाखेल युथ क्लब भिड्दै छन् । दिउँसो साढे २ बजे पोखरा रंगशालामा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो भने मनाङमर्स्याङ्दी बाइ पाउँदै सीधै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
आहारारा पोखरा गोल्डकपको इतिहासमा हालसम्म एक पटकमात्रै मनाङमर्स्याङ्दी र जावलाखेलको भेट भएको छ । २०६८ सालमा पहिलो पटक सहभागी भएको जावलाखेल आफ्नो पहिलो खेलमै फाइनलसम्म पुगेर सनसनी मच्चाएको थियो ।

तर, फाइनलमा मनाङमर्स्याङ्दी बाधक बन्यो । मनाङमर्स्याङ्दीले जावलाखेललाई २–० ले उपाधि जित्नबाट रोकेको थियो ।

जावलाखेलले हालसम्म उपाधिविहीन छ भने मनाङमर्स्याङ्दी आहारारा पोखरा गोल्डकपको सर्वाधिक विजेतासहित अनुभवी टिममध्ये एक हो । हालसम्म मनाङ ६ पटक विजेता र ५ पटक उपविजेता बनिसकेको छ ।

आहारारा पोखरा गोल्डकपको पहिलो संस्करण क्याराभान कपबाटै सहभागी भइरहेको मनाङले हालसम्म २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा उपाधि जितेको छ । पछिल्लो समय २०औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको मनाङ मर्स्याङ्दी विभागीय टोली एपीएफसँग पराजित भएको थियो ।

पोखरा मनाङमर्स्याङ्दीको राम्रो समर्थक भएको ठाउँ पनि हो । पोहोर ए डिभिजन लिगमा मनाङमर्स्याङ्दीले पोखरालाई आफ्नो होम ग्राउन्डसमेत घोषणा गरेको थियो । आहाराराको क्वार्टरफाइनलमा मनाङमर्स्याङ्दी निशान लिम्बुको कप्तानीमा मैदान प्रवेश गर्नेछ ।

यता, जावलाखेलमा राष्ट्रिय टिमका हिसुब थपलिया, छिरिङ लामा छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेका सुदीप गुरुङ र डेब्यु गर्न बाँकी गोल रक्षक अनिश देउलाले गोल पोस्टको रक्षा गर्दैछन् । मछिन्द्रलाई प्रिक्वार्टरफाइनलबाटै फिर्ता पठाउन हिसुबले निर्णायक गोल गरेका थिए ।

  • १५ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !