‘कामकुरो’ सडक नाटक मञ्चन

आजभोलि

काठमाडौं ।  खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा  ‘कामकुरो शीर्षकको चेतनामूलक सडक नाटक आदिइत्यादिले मञ्चन गरेको छ ।
नाटकको प्रदर्शन हिजो आइतबार माघ १४ गतेदेखि भएको हो । आज गाउँपलिकाको बालविकास मा.वि. खानीखोला–२ फलामेटारमा नाटक मञ्चन सम्पन्न भएको छ ।

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको यस नाटकमा  सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, सागर कार्की, शान्ति भट्टराई, प्रज्ज्वल अधिकारी र अन्जना दुलालको अभिनय रहेको छ ।

शिक्षा शाखा समन्वय समितिका प्रमुख तथा वडा न. ४ का वडा अध्यक्ष निसान मोक्ताङले भने, “हाम्रो समाजमा रहेका विकृति तथा विसंगतीहरु चिर्नका लागि नाटकले महत्वपूर्ण भूमिका खेलेको छ । यो नाटकले धेरै समसमायिक विषयबस्तुहरुलाई समेटेको छ । काठमाडौंबाट नजिकै भएपनि हाम्राे जिल्ला विकासका मामिलामा पछाडि परेको छ।”

मोक्ताङले यो नाटकले स्थानीय उत्पादनमा जोड दिनुपर्छ । विदेशमा गएर सिकेको सिपले गाउँमै  बसेर केही गर्नुपर्छ, बालविवाह गर्नु हुँदैन । अभिभावकहरुले बच्चाहरुलाई समय दिनुपर्छ र साथै विद्यालयका शिक्षकको जिम्मेवारी के ? विद्यालयमा उनीहरुको भूमिका कस्तो हुन्छ ? शिक्षकले चाहे भने यो समाजलाई कसरी रुपान्तर गर्न सकिन्छ भन्ने सन्देश बोकेको बताए ।

नाटक खानीखोला गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा माघ १८ गतेसम्म मञ्चन हुनेछ  ।

  • १५ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !