सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

आजभोलि

काठमाडौं । सामाजिक संजाल यु–ट्युवमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–४ आँगाटार बस्ने सिरहा लहान नगरपालिका–२४ स्थायी वतन भएका ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झूटो विवरणसहित भिडियो बनाई सामाजिक संजाल यु–ट्युवमार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा मनोजको संलग्नता खुल्न आएपछि उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !