प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमलाई १९९ रनको चुनौती

आजभोलि

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय ९९ रनको चुनौती दिएको छ ।

मूलपानी क्रिकेटमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनको योगफल बनायो । उसका लागि शङ्कर रानाले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए । त्यस्तै अर्जुन साउदले ३२ तथा आरिफ सेखले २६ रन जोडे ।

सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए भने नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान दुई दुई विकेट लिए । दीपक चन्दले एक विकेट लिए ।

  • १८ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !