भारतविरुद्ध नेपालले पहिले फिल्डीङ गर्ने

आजभोलि

काठमाडाैं । आफ्नो अन्तिम खेलमा नेपालले भारतविरुद्ध टस हारेको छ । सुपर सिक्स अन्तर्गतको अन्तिम खेलमा टस हारेसँगै नेपाल सेमिफाइनल नजिक रहेको भारतविरुद्ध पहिले फिल्डीङ गर्ने भएको छ । भारतले केहीबेरपछि पहिले ब्याटिङ गर्नेछ ।

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको प्रतियोगितामा नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै प्रतियोगिताबाट बाहिरिएको थियो । यद्यपि, पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । भारत नेपालविरुद्ध झिनो अन्तरले हारेपनि सेमिफाइनल पुग्ने सम्भावना रहेको छ ।

विश्वकपमा नेपाल र भारतबीच यो तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो । नेपालले आफ्नो इतिहासमा भारतलाई २०१७ को यू-१९ एसियाकपमा पहिलो पटक हराएको थियो । तर त्यसपछि भने नेपालले भारतलाई हराउन सकेको छैन ।

  • १९ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !