एसिसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाई

आजभोलि

काठमाडौं । एसिसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाई गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको हो ।

उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले बिदाई गरेका हुन् । मलेसियामा हुने खेलमा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (युएई), थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भूटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जानउने छन् । प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसिसी महिला एशिया कपका लागि छनोट हुनेछन् ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा बिष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पुजा महतो, कविता कुँवर रहेका छन् ।

  • २५ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !