चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’

आजभोलि

काठमाडाैं । आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हन् ।

दुवै चलचित्रमा अभिनेता दयाहाङ राई रहेका छन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।

“दुवै चलचित्र फरक स्वादका छन् । यी दुई चलचित्र निर्माण तीनदेखि चार वर्षको फरकमा भएका हुन् । सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ”, अभिनेता राईले भने ।

सिमोस सुुनुवारको निर्देशनमा तयार भएको ‘हात्तीछाप’मा सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय वराललगायत कलाकारले अभिनय गरेका छन् । “हामीले सामाजिक विषयसँगै यसमा मनोरञ्जनात्मक गतिविधि समेटेका छौँ । चलचित्र भवनसम्म पुग्ने दर्शकलाई यसले निराश बनाउँदैन”, निर्देशक सुनुवारले भने ।

आजदेखि प्रदर्शन गरिएको अर्को चलचित्र ‘दयारानी’मार्फत कलाकार माओत्से गुरुङले निर्देशकीय यात्राको सुरुआत गरेका छन् । निःसन्तान दम्पतीको कथामा आधारित रहेर तयार गरिएको यस चलचित्रमा अभिनेता राईसँगै दीया पुन, विजय वराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

“यसमा एउटा अह्मकारी पुरुषको कथालाई पर्दामा ल्याएका छौँ । गुरुङ संस्कार र संस्कृति पनि यसमा समेटेको छ । चलचित्र मनोरञ्जनसँगै समाजमा भएको एउटा उदाहरण पनि हो”, निर्देशक गुरुङले भने ।

  • २६ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !