नाटक ‘द डिपाचर’ को मञ्चन सुरु

आजभोलि

काठमाडौं । कालिकास्थान स्थित सर्वनाम थिएटरमा यहि माघ २७ गतेदेखि नाटक ‘द डिपाचर’ को मञ्चन सुरु भएको छ ।  प्रेम र समर्पणमा रूमलिएको परिवार र प्रेमिल जोडी बिचको मनस्थिती र परिस्थितिको एउटा कथा समेटेर नाटक तयार पारिएको छ ।

नरेन भट्टराईले लेखेको नाटक ‘द डिपाचर’ मा परिस्थितिले परिवार र प्रेमीको माया छाडेर बिदेशीनु पर्नेको कथालाई समेटिएको छ । कृष्ण खड्काको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा फर्कनेहरूको आसमा बसेका पर्खनेहरूको पीडालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।

‘द डिपाचर’ मा नरेन भट्टराई , शोभा कार्की , मुकेश हमाल, धिरज थापामगर , स्वस्थानी राउत, सुरज पराजुली , विध्यक तिलकको अभिनय रहेको छ । माघ २७ गतेदेखि मञ्चन भएको नाटक फागुन ५ गते सम्म हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

 

  • २८ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !