धादिङमा बलात्कार आरोपितलाई १८ वर्ष कैद

आजभोलि

धादिङ । एक बालिकालाई ०७८ साउन ५ गते बलात्कार गरेको आरोपमा पक्राउ परेका आरोपितलाई १८ वर्ष कैद गर्ने फैसला भएको छ ।

जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ निवासी कृष्णबहादुर तामाङलाई ११ वर्षिया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले १८ वर्ष कैद गर्ने फैसला सुनाएको जनाइएको छ ।

बास्तोलाको इजलासले माघ २९ गते कसुर कायम गरेका दिए भने फागुन १० गते कसुरदारलाई अपराध संहिता २०७४ को २१९ को ३ (ख) बमोजिम १८ वर्ष कैद गर्दै ६ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेका जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिएका छन् ।

जिल्ला अदालतको फैसला बमोजिम कसुरदारबाट असुल गरिएको जरिवानाबाट पीडितलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने उल्लेख छ ।

पीडित पक्षबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएकोमा साउन २९ गते जिल्ला अदालतमा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता भएको थियो । १० पटकको पेसीपछि मुद्दा फैसला भएको छ ।

  • ११ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !