अन्तर्राष्ट्रिय टि ट्वान्टी शृङ्खला : नेपाल नेदरल्यान्ड्ससँग पराजित

आजभोलि

काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्र्तगत आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ । यससँगै नेपालको यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८२ रनमा समेटियो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो ।
नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पु¥याएका थिए । खेलको तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए ।
चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड आउट हुन पुगे । नेपाललाई जितका लागि ३ बलमा ४ रन चाहिएको थियो । उनी बोल्ड आउट हुन पुगे । दिपेन्द्रले ३४ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६३ रन बनाए ।
त्यसपछि उनको स्थानमा आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौँ बलमा उनले १ रन मात्र लिए । अन्ततः नेपाल नेदरल्यान्डसँग पराजित हुन पुग्यो ।
खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे । उनले ३५ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५० रन जोडे । आशिफ शेखले २३ बलमा चार चौका र एक छक्काको मद्धतमा ३४ रन जोडे ।  कुशल मल्ल र करण केसीले समान ११÷११ रन जोडे  भने सन्दिप जोराले ८ रन बनाए ।
बलिङतर्फ स्याब्रान्ड एंगेलब्रेक्ट र रोलेफ भान डर मर्वेले समान दुई÷दुई विकेट लिए भने आर्यन दत्त, भिभियन किंग्मा र टिम भान डर गुगटेनले समान एक÷एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ३६ बल खेल्दै पाँच चौका र तीन छककाको सहयोगमा ५४ रन बनाएका हुन् । त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए । स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए ।
बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक÷एक विकेट लिएका थिए । नेपालले यही फागुन १८ गते नामिबियासँग खेल्नेछ ।

  • १६ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !