चिर्पटले हानेर एक युवकको हत्या

आजभोलि

भोजपुर । छिमेकीको दाउराको चिर्पट प्रहारबाट षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ ।

पुरानो रिसइबीका कारण स्थानीयवासी पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ढिलो गरी प्राप्त समाचारअनुसार चिर्पट प्रहारबाट गम्भीर घाइते राईको सङ्खुवासभा तुमलिङटारको मनकामना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटामा मृत्यु भएको प्रहरीको भनाइ छ । अभियुक्त मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !