सुनको मूल्य बढ्यो

आजभोलि

 

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज आइतबार तोलाको एक हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको हो ।

गत मंगलबारदेखि रेकर्ड राख्न सुरु गरेको सुनको मूल्यले आइतबार पनि निरन्तर बढिरहेको हो । मंगलबार, बुधबार र बिहीबार तीन दिन निरन्तर बढ्दै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको पुग्दा शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

आज तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्यसँगै प्रतितोला एक लाख २६ हजार रुपैयाँमा किनबेच भइरहेको छ । आइतबारको कारोबार भइरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ । नेपाली बजारमा आज तोलामा पाँच रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७५ रुपैयाँ पुगेको छ ।

 

  • २७ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !