पपुवा न्यूगिनीसँग नेपाल पराजित

आजभोलि

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो ।
जितसँगै पपुवा न्यूगिनीले प्रतियोगिताको उपाधि उचाल्दा नेपाल भने दोस्रो स्थानमा रह्यो । त्यस्तै हङ्कङ तेस्रो भयोे । नेपालले हिजो भएको खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि नेपाल र हङकङबीच भएको खेल वर्षाका कारण रद्द भएको थियो । हिजै भएको अर्को खेलमा पपुवा न्यूगिनीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको थियो ।
आजको खेलमा पपुवा न्यूगिनीले जितका लागि दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । सन्दिप जोराले सर्वाधिक १७ रनको योगदान दिए । उनले १३ बलमा तीन चौका प्रहार गर्दै १७ रन बनाएका हुन् ।
आरिफ शेखले १५ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । गुल्सन झा र लोकेश बमले समान ६÷६ रन जोडे भने कुशल भुर्तेलले ५ रन बनाए । त्यसैगरी विनोद भण्डारीले ४ रन जोड्दा करण केसी तीन रनमा आउट भए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा पपुवा न्यूगिनीका कबु मोरे, सेसे बाउ, चाद सोपर र सेमो कमेले समान दुई÷दुई विकेट लिए भने एली नाओले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनाएको थियो ।
पपुवा न्यूगिनीका लागि टोनी उराले अर्धशतक प्रहार गरे । उनले ३७ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ६१ रन बनाएका हुन । त्यसैगरी एली नाओले अविजित ३० रन बनाए । त्यसैगरी  हिरि हिरिले १५, हिला भारेले १८, चाद सोपरले १३ र किप्लिङ डोरिगाले १४ रन बनाएका थिए ।
नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन÷तीन विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक÷एक  विकेट लिए ।

  • ३० फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !