अन्तरलिङ्गीबारे जनचेतना बढाउन आग्रह

आजभोलि

काठमाडौं । समाजमा अन्तरलिङ्गीबारे फरक बुझाइ भएकाले एकीकृत र स्पष्ट जानकारी दिने पुस्तक, चलचित्र, वृत्तचित्रलगायत सामग्रीको विस्तारमा जोड दिइएको छ ।

जनचेतनाको कमीका कारण अन्तरलिङ्गी विविधता भएका व्यक्तिबारे अभिभावक, परिवार र समाज अलमलमा रहेकाले मानवअधिकारको सम्मानमा ठेस लागेको उनीहरुको भनाइ छ ।

अन्तरलिङ्गीको अधिकारका क्षेत्रमा कार्यरत संस्था ‘क्याम्पियन फर चेञ्ज’का कार्यकारी निर्देशक इशान रेग्मीले महिला र पुरुषको मात्र जन्म हुन्छ भन्ने मान्यता राख्ने समाजले लिङ्ग बदल्ने प्रवृत्तिका कारण आफ्नो उनीहरुको पहिचान र सम्मानमा प्रभाव परिरहेको बताए ।

आज सञ्चारकर्मीसँगको एक छलफल कार्यक्रममा कार्यकारी निर्देशक रेग्मीले २१ वर्षको उमेरमा मात्र आफू अन्तरलिङ्गी भएको थाहा भएको बताए । अन्तरलिङ्गीबारे जानकारी दिने पुस्तक, चलचित्र, वृत्तचित्रलगायतको सामग्रीको अभाव रहेको जनाउँदै पछिल्लो यौनिक तथा अल्पसङ्ख्यक भनेर चिनिए पनि अन्तरलिङ्गीभित्रको विविधतालाई समाजले नचिनेको उनको भनाइ छ ।

अधिवक्ता प्रपुशा केसीले बालबालिकासम्बन्धी ऐन, नियमावली, अपराध संहिता, कार्यस्थलमा हुने यौन दुव्र्यवहारसम्बन्धी कानुन, सम्पत्ति, जन्मदर्ता र नागरिकतालगायत सबै किसिमका कानुनमा अन्तरलिङ्गीबारे उल्लेख नगरिनु एक समस्या भएको धारणा राखे ।

उनले भने, “जन्मिएको ३४ दिनभित्र जन्मदर्ता गर्नुपर्ने कानुनी प्रावधान छ तर महिला पुरुषबाहेकका यौनिक पहिचान लिएर जन्मिएका व्यक्तिले वयस्क हुँदामात्र आफू कुन पहिचान लिएर बाँच्ने भन्ने निर्णय लिनसक्ने हुन्छ ।” अन्तरलिङ्गीले वयस्क भएपछि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र नागरिकतासमेत सच्याउनेलगायत बोझिलो प्रक्रियाबाट अन्तरलिङ्गी गुज्रनु परेको बताए ।

 

  • १२ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !