अघिल्ला ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा केही सुधार

आजभोलि

काठमाडौं । अघिल्ला ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा मंगलबार केही सुधार देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २०४१ अंकमा कायम भएको छ । अंक बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब ४८ करोडको कारोबार भएकोमा आज २ अर्ब ३५ करोडमा खुम्चियो ।

कुल १६८ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने १० को स्थिर रह्यो । समूहगत रुपमा हेर्दा उत्पादन सबैभन्दा धेरै २.११ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर समूह १।५८ प्रतिशत बढ्यो । बैंकिङ ०.४९, विकास बैंक २०, होटल तथा पर्यटन २४, हाइड्रोपावर ३९, उत्पादन १४५, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा २ र अन्य समूह १.९ अंक बढे । ब्यापार ४, जीवन बीमा १९ र फाइनान्स समूह भने १ अंक घटे ।

दोल्ती पावर र सर्वोत्तम सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो । पाँचौं कारोबार दिनसम्म आउँदा सर्वोत्तमको मूल्य प्रतिकित्ता ८९५ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै विन नेपाल लघुवित्तको ९.४, पिपुल्स पावरको ७।७, थ्रीस्टार हाइड्रोको मूल्य ६.७ प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको ९।३, भगवती हाइड्रोपावरको ४.७, मानुषी लघुवित्तको ३ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, जोशी हाइड्रोपार, गोर्खाज फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

  • १३ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !