काठमाडौं । ११ दिनसम्मको पैदल हिडाइपछि सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु खुल्लामञ्चमा प्रवेश गर्न खोजेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह शसंकित देखिएका छन् । सोमबार खुल्लामञ्चमा प्रवेश गर्न लाग्दा महानगरपालिकालदे रोकेकोमा चौतर्फी आलोचना भएपछि मेयर साहले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै आशंका व्यक्त गरेका हुन् ।
साहले खुल्लामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् – खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।
उनले लेखेको स्टाटस यस्तो छ