व्यावसायिक लिची उत्पादनसँगै किसानको जीवनस्तरमा सुधार

आजभोलि

पाल्पा पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको

व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट निकासी भएको हो किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा लिची खेती गर्न थालेसँगै जीवनस्तर माथि उठेपछि यहाँका किसानहरु आकर्षित बनेका हुन्

किसानले फलाएको लिचीलाई प्रतिकिलो रु ७० मा बोटबाट नै खरिद हुँदै आएपछि किसान खुशी छन् पाल्पाको हुगीमा उत्पादन हुने लिची पोखरा, स्याङ्जा, रुपन्देही पाल्पाको स्थानीय बजारमा खपत हँुदै आएको हुगीमा उत्पादित लिची राम्रो भएकाले बजारका लागि समस्या नहुने लिची किसान मीनप्रसाद अर्यालले बताउनुभयो

पहाडी जिल्ला पाल्पाको हुगीमा उत्पादित लिची नेपालको उत्कृष्ट रहेको यहाँका किसानको दाबी हुगीमा उत्पादित लिचीको दाना (बियाँ) सानो हुने लिचीको सेतो भाग बाक्लो, रसिलो हुने भएकाले यहाँको लिचीको बजार राम्रो रहेको लिची व्यवसायी दिनेश अर्यालले बताउनुभयो

उहाँले हुगीबाट तानसेन जाने सिधा बाटो नहुँदासम्म आफूले स्याङ्जाको गल्याङ्मा लिची बोकेर बजारको खोजी गरेको बताउनुभयो कालीगण्डकी कोरिडर विस्तार भएपछि यहाँका किसान यातायातको पहुँचमा छन्

लिची खेती गरेका अर्जुनदेव पन्त करिब २०० बोटबाट अहिले दुई लाख ५० हजार आम्दानी गर्न सफल हुनुभएको सोही स्थानका जोगबहादुर पछाई, जंगबहादुर सार्की, दुर्गाप्रसाद अर्याल, मीनप्रसाद अर्याल, बाबुराम पछाई, दानबहादुर पछाई, दीपक पछाई, अर्जुन पछाईले गाउँमा ठूलो मात्रामा लिची उत्पादन गर्न सफल भएका छन्

लिची खेतीबाट वार्षिक रु ५० हजारदेखि दुई लाख ५० हजार आम्दानी गर्ने करीब २० जनाभन्दा बढी किसान रहेका छन् समतल गर्मी मौसममा लिची राम्रो हुने गर्दछ

किसान पछिल्लो वर्ष लिचीखेतीतर्फ आकर्षित भएपछि आयस्रोत बढेको रु पाँच हजारदेखि ५० हजारसम्म आम्दानी गर्ने करीब १०० घरपरिवारभन्दा बढी रहेको व्यवसायी अर्यालले जानकारी दिनुभयो मकै उत्पादन गर्दै आएका यहाँका किसानले आगामी दिनमा मकैको बारीमा व्यावसायिक लिची खेती गर्ने सोचमा रहेका छन्  (रासस)

  • २० असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !