पाँच नम्बरस्तरिय प्रदेश युवा कृषि सम्मेलन हुँदै

आजभोलि

बाँके । कोहलपुरमा पाँच नम्बर प्रदेशस्तरिय युवा कृषि उद्यमी सम्मेलनको आयोजना गरिने भएको छ ।

सम्मेलन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा फोर एच नेपालको आयोजनामा सम्पन्न हुन लागेको आयोजकले जनाएको छ । सम्मेलन असार १४ र १५ गते दुइ दिनसम्म कोहलपुरमा संचालन हुने फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए ।

सम्मेलनको उद्घाटन पाँच नम्बर प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मन्त्री आरती पौडेलले समउद्घाटन गर्नु हुने कार्यक्रम रहेको अवस्थीले जनाए ।

सम्मेलनमा पाँच नम्बर प्रदेशका १२ ओटा जिल्लाबाट छनोट गरिएका सहभागीहरुको उपस्थिति रहनेछ । साथै पक्लिहवा कृषि क्याम्पस, गोर्खा पोलटेक्निल, लक्ष्मी माविमा कृषि अध्ययनरत विद्यार्थीहरुको समेत सहभागिता रहनेछ । कार्यक्रममा एक जना युवा कृषकहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

सम्मेलन अवधिभर मन्त्रीसँग कृषकका कुरा अन्तरक्रिया, कार्यपत्र प्रस्तुति, अनुभव आदानप्रदान तथा कृषि मन्त्रालयको नीति कार्यक्रमको बारेमा कार्यशाला संचालन हुनेछन् । साथै, असार १५ गते स्मार्ट कृषि भिलेज खड्गवारमा धान दिवस मनाउने कार्यक्रम समेत रहेको अध्यक्षले अवस्थीले जानकारी दिए । धान दिवसमा लगभग ५०० जना कृषकसहरु सहभागी हुनेछन् ।

सम्मेलनको अन्तिम दिन पाँच नम्बर प्रदेशस्तरिय युवा कृषि संजालको निर्माण तथा कोहलपुर घोषणा पत्र समेत पारित हुने जनाइएको छ । सम्मेलन अवधिभर कृषि वस्तुको बजारीकरण, कृषिमा नयाँ प्रविधिको प्रयोग तथा कृषि उत्पादनको अवस्था, कृषी पर्यटन, दिगो विकास लक्ष्यका तथा कृषि पर्यावरणमा जलवायु परिवर्तनको असर लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछन् ।

अवस्थीका अनुसार सम्मेलनबाट सहभागीले कृषिमा नयाँ प्रविधि, सीप तथा ज्ञानको बारेमा थाहा पाउनेछन् । यसले कृषि, कृषक र उद्यमीलाई एक ठाउँमा ल्याउदै उनीहरुबीच बलियो सम्बन्ध तथा संजालीकरण बनाउनेमा मद्दत पुग्नेछ । मन्त्रालयलाई आगामी दिनमा नीति तथा कार्यक्रम निर्माणका लागि पनि आधारशिला तय हुने जनाइएको छ ।

  • १३ असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !