राजाको पालामा भन्दा पनि अहिले कृषि क्षेत्रमा निराशा बढेको छ : मन्त्री खनाल

आजभोलि

राजाको पालामा भन्दा पनि अहिले कृषि क्षेत्रमा निराशा बढेको छ  : मन्त्री खनाल

कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपााणी खनालले सरकारले छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको बताउँदै ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताएका छन् ।

काठमाडौमा सुरु भएको यशियन कृषि सम्मेलन तथा प्रदशनीको उत्घाटन गर्दै मन्त्री खनालले अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गरे ।

उनले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै यूवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्नेमा जोड दिए ।

नेताहरुले नेतृत्व गरेपछि नेपालको कृषि क्षेत्रको अवस्था राजाको पालामा भन्दा पनि खत्तम भएको उनको दाबी छ ।

उनले किसानहरु अनुसन्धान केन्द्रमा समेत जानै नसकेको भन्दै सातै प्रदेशमा किसान आभाष परियोजना ल्याइएको बताए ।

२ लाख ८० हजार जनसंख्या भएको मुलुकमा ३ करोड ७ लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डिकरण पनि कृषि क्षेत्रको समस्या रहेको उनले बताए ।

तराई क्षेत्रमा अत्याधुनिक परियोजना ल्याइने र कर्णाली जस्ता अहिलेसम्म विषादी र रासायिनिक मल प्रयोग नभएको क्षेत्रमा अर्गानिक उत्पादनको योजना अगाडी बढाइएको उनले बताए ।

यस्तै भारतबाट आउने तरकारीको बिषादी जाँच फिर्ता लिएको भन्ने कुरामा सत्यता नभएको भन्दै मन्त्री खनालले हरेक नाकामा सबै ट्रक जाँच गर्ने कुरा बैज्ञानिक नहुने पनि स्पष्ट पारे ।

यसैगरी कार्यक्रममा बोल्दै भारतीय दुतावासका प्रतीनीधि डा अजय कुमारले नेपाललाई अर्गानिक उत्पादनको लागि भारत सरकारले सकेको सहयोग गर्नेमा जोडदिए। अहिले विश्व बजारमै अर्गानिक उत्पादनको माग उच्च रहेकाले नेपालले त्यो अवशरबाट फाइदा लिन सक्नु पर्नेमा उनले जोड दिए ।

फोरएच नेपालले आयोजना गरेको कार्यक्रममा विभिन्न वक्ताहरुले मुलुकको ७४ प्रतिशत जनता कृषि पेशमा आवद्ध भएपनि मुलुकलाई पुग्ने उत्पादन गर्न नसक्नु दुखद् भएको भन्दै कृषिलाई व्यवस्थित गर्न ढिला भएको बताए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष लोकराज अवस्थीले यूवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्न सम्बनिधत निकाय गंभिर हुन जरुरी रहेको बताए।

यूवा शक्तिलाई कृषिमा भविष्य छ भनेर देखाउन सके यूवाहरु विदेशमा नजाने भन्दै यूवाहरुलाई जागरण गर्न जरुरी रहेको उनले बताए ।

  • २७ श्रावण २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !