बडादशैंको नवौँ दिन आज सिद्धिदात्रीको पूजा गरिदैं, तलेजुमा भक्तजनहरुको भीड

आजभोलि

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ सिद्धिदात्रीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।

घटस्थापनाका दिनमा रााखिएको जमरा आज विभिन्न शक्तिपीठमा चढाइने गरिन्छ । दशैँघर र कोत लगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बलिसहित विशेष पूजाअर्चना गरिन्छ ।

शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला लगायतको बलि दिने र नरिवल चढाउने गर्छन् ।यसैगरी काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर आज खुला गरिएको छ । वर्षको एक दिन बडादसैंको महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज बिहान विशेष पूजापाठ गरिएको छ ।

तलेजु भवानीको दर्शन गर्न आउने भक्तजनहरुको घुइँचो लागेको छ । नेवार समुदायको इष्टदेवीकारुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आएका छन् । सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।

सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्नेक्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजु भवानीले ‘वर्षको एकपटक महानवमीको दिनमात्र आउने वचन दिएको किंवदन्ती रहेको छ ।

वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा–आराधना गरिन्छ । आजकै दिन सवारीसाधनको पूजा अर्चना पनि गरिन्छ।

  • २० आश्विन २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !