दशैँ मनाउन सर्वसाधारणहरु घर फर्किएसँगै उपत्यका सुनसान, करिब २७ लाख सर्वसाधारण बाहिरिए

आजभोलि

सर्वसाधारणहरु दशैँ मनाउन घर गएसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ ।

उपत्यकामा गुड्ने सवारीसाधन निकै कम देखिएका छन् । सीमित भाडाका र निजी गाडी तथा मोटरसाइकल मात्रै सडकमा गुडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंबाट १७ हजार ३ सय ४५ गाडीमा १ लाख ५७ हजार ३ सय ८८ जना बाहिरिएका छन् । यस्तै १२ हजार २ सय ९५ गाडीबाट ३६ हजार ७ सय ६० जना काठमाडौं भित्रिएका छन् ।

दशैं मनाउन उपत्यकाबाट अहिलेसम्म करिब २७ लाख मानिस बाहिरिएको महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ सय १० सवारी साधनलाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।

उपत्यकाबाहिर मानिसको जाने क्रम बढे पनि पछिल्लो केही वर्षदेखि उपत्यकाबाहिरबाट काठमाडौंमा आएर दशै मनाउने क्रम समेत बढेको छ ।

  • २० आश्विन २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !