प्रधानमन्त्री ओलीको दोस्रो पटक गरिएको डाईलासिस सफल

आजभोलि

प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् ।

बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार साँझ ८ बजे डिस्चार्ज भएका हुन् । बुधबार र बिहीबार गरेर २ पटक मिर्गौलाको डायलाइसिस गराएका ओली आफै हिँडेर हँसिलो मुद्रामा अस्पतालबाट बाहिरिएका थिए ।

अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई धन्यवाद दिँदै आफू ठिक भएको बताएका थिए । प्रधानमन्त्री ओली अस्पतालबाट सोझै बालुवाटार गएका थिए । यसअघि साँझ अस्पतालमा नै पत्रकार सम्मेलन गर्दै अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेकाले डिस्चार्ज गर्ने तयारी गरिएको बताएका थिए ।

बुधबार र बिहीबार गरेर दुई पटक डायलासिसअन्तर्गत पर्ने अल्ट्रा फिल्ट्रेसन गरेर उपचार गरिएको अस्पतालले जनाएको छ । बिहीबार दिनभर प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित मन्त्री तथा नेताहरु अस्पताल पुगेका थिए ।

  • १५ कार्तिक २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !