सभामुख महरामाथि जबरजस्ती करणी उद्योग अन्तर्गत अभियोगपत्र दायर, साढे ७ वर्ष कैद सजाय माग

आजभोलि

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा चलाइएको छ ।

महानगरीय प्रहरी परिसरबाट प्राप्त अनुसन्धानको फाइल अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्दा चलाएको हो । जवरजस्ती करणी प्रयास उद्योग अन्तर्गत साढे ३ वर्षदेखि ५ वर्षसम्मको कैद सजाय मागसहित सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दाको फाइल पेश गरेको हो ।

सरकारी वकिलको कार्यालयले सार्वजनिक पदमा बसेको व्यक्तिले करणी प्रयास गरेको हुनाले थप साढे दुई वर्ष सजाय माग दाबी पनि गरेको छ । यसो हुँदा महराविरुद्ध सरकारी वकिल कार्यालयले साढे ५ देखि साढे ७ वर्षसम्म जेल सजाय माग दाबीसहित मुद्दाको फाइल अघि बढाएको हो ।

महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्धी दफा आकर्षित हुने गरि सरकारी वकिलको कार्यालयले अभियोगपत्र बनाएको हो । नर्भिक अस्पतालमा उपचाररत महरालाई बिहीबार सरकार वकीलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अब उहाँमाथि लगाइएको अभियोगबारे वकिलहरुले बहस गर्नेछन ।

बहस सकिएपछि महरा सादा तारेखमा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्ने अदालतले निर्णय दिनेछ । यो संहिता अन्तर्गत १८ वर्षमाथिका महिलालाई बलात्कार गरेको पुष्टि भएमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ ।

  • १५ कार्तिक २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !