नेपाली भूमिबाट भारतीय सेना तुरुन्त फिर्ता गर्न भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

आजभोलि

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आईतबार काठमाण्डौमा सम्बोधन गर्दे उनले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिवद्धता जनाएका हुन् ।

अघिल्लो सताब्दी देखि नै नेपालको सिमा मिच्ने काम भएको उल्लेख गर्दै उहाँले सिमा मिचिएको कुरालाई अहिले नै हो कि भने जस्तोगरी कतिपयले यस विषयलाई उचाल्ने काम गरेको भएपनि वर्तमान सरकार सिमा समस्या समाधान गर्न सक्षम रहेको स्पष्ट पारे ।

उनले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरे ।

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसंग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उनले सरकारले संवाद मार्फत सिमा सम्बन्धी समस्या समाधान गर्ने बताए ।

कतिपयले नक्सा सच्याउने कुरा उठाएको भन्दै उनले नक्सा नभई भूमि फिर्ता लिने विषय महत्वपुर्ण भएको भन्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको पनि उल्लेख गरे । नेपालको सिमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यवद्धता जनाएकोमा उनले खुसी व्यक्त गरे ।

पछिल्लो समय राजनीतिक पुर्वाग्रह र आत्मकेन्द्रीत भएर सरकारको विरोध हुने गरेको भन्दै उनले दुवै ढंगका विरोध उचित नरहेको बताए ।

उनले नाफाको निर्मम निर्दयी पूँजीवादी प्रणाली र जनतालाई माया गर्ने समतामुलक, न्यायपुर्ण तथा मानवतावादी समाजवादी प्रणालीबीच अहिले पनि बैचारिक र व्यवहारिक संघर्ष कायम रहेको उल्लेख गरे ।

केही बर्ष अघि सम्म पनि मुलुकमा अशान्ति, अराजकता, हत्या हिंसाको अवस्था रहेको स्मरण गर्दे उनले वर्तमान अवस्थमा भने मुलुकमा पुर्णरुपमा शान्ति कायम भएको र राष्ट्रिय हितको पक्षमा दृढ उभिन सक्ने सरकार बनेको बताए ।

  • २ मंसिर २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !