धनुषामा बम विष्फोट हुँदा प्रहरी निरीक्षक सहित एकै परिवारका दुई जनाको मृत्यु, तीन जना घाइते

आजभोलि

धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जना तथा प्रहरी जवानको मृत्यु भएको छ ।

घटनामा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् ।महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको गएराति बम विष्फोट हुदाँ तिन जनाको मृत्यु भएको हो ।

घटनामा घाइते भएकाहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । तिनै जनाको अवस्था गम्भीर छ भने गम्भीर घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । बम विष्फोट कसले गरायो भन्ने अहिलेसम्म खुलेको छैन ।

बिहानसम्म घटनाको जिम्मा पनि कसैले लिएको छैन । यद्यपि बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको अनुमान छ । राजेश साहले ब्याजमा पैसा लगाउने गरेकोमा उक्त काम मिटरब्याजी भएको आरोपमा विप्लव समूहले बम विष्फोट गराएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ ।

अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।

  • २८ मंसिर २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !