वरिष्ठ नेता पौडेल समुह उपस्थित नभएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित

आजभोलि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समुह उपस्थित नभएपछि सोमबारको बैठक बस्दै नबसी स्थगित भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्को बैठक पुस २ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बताए ।

उनले पार्टी भित्र हुने विवादहरु स्वभाविक र लोकतान्त्रीक भएको भन्दै दुवै पक्षबीच छलफल गरी सहमति तथा प्रकृयामार्फत टुंगोमा पु¥याउने उद्देश्यले बैठक स्थगित गरिएको जानकारी दिए ।

कांग्रेस भित्र रहेका विभागहरुको संख्या बढाई २८ बाट ४१ पु¥याउने र १४ औं महाधिवेशन पछि धकेल्ने गरी प्रस्तावहरु आएको भन्दै पौडेल समुहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको छ । तर प्रवक्ता शर्माले भने ती विषयहरुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भइरहेको बताउँदै सर्वसम्मत तथा प्रकृयागत आधारमा अगाडी बढ्ने गरी बैठक सारिएको बताए ।

दुई पक्षबीचको विवादका कारण बिहीबार देखि कांग्रेस कार्यसमिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

  • ३० मंसिर २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !