बाल सचेतना केन्द्र नेपालको आयोजनामा बृहत निः शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

आजभोलि

काठमाडौं महानगरपालिका ६ बौद्धमा बृहत निः शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

मन बचन र कर्मले दीन दुः खीको सेवा गरौं, स्वास्थ्य शिविर कार्यक्रममा सहभागी बनौं , भ्रमण वर्ष २०२० सफल पारौं भन्ने उद्देश्यका साथ बाल सचेतना केन्द्र नेपालले स्वास्थ्य शिविर आयोजना गरेको हो ।

सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने मूल उद्देश्य राखेर मनाउन लागिएको ‘भिजिट नेपाल इयर’का लागि देशभर यसको तयारी भईरहेको छ । यसमध्य बालसचेतना केन्द्र नेपालले पनि भ्रमण वर्षलाई नै लक्षित गर्दै शिविर आयोजना गरेका संस्थाका केन्द्रिय अध्यक्ष बाबुराम फुयालले बताए ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकमा हुने कार्यक्रममा नेपाल भारत मैत्री हस्पिटलले भिडियो एक्सरे तथा ल्यावसहितको सेवा दिने आयोजकले बताएका छन् ।

शिविर बौद्ध स्तुपा परिसरमा बिहान ९ बजेदेखि शुरु गरिने आयोजकले जनाएको छ । शिविरमा जनरल फिजिसियन,नसा तथा बाथ रोग, बाल रोग,नाक, कान घाँटी, स्त्री रोग, सुगर तथा प्रेसर लगाएत विविध रोगको उपचार गरिने बताइएको छ ।

आगामी पौष २६ गते शनिबार उक्त शिविर संचालन हुने भएको छ ।

उक्त शिविरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाल्नुहुने पर्यटक पाहुना लगायत स्थानिय स्तरका गरिव, असहाय, विपन्न, जेष्ठ नागरिहरु लाभान्वित हुने आयोजकको विश्वास रहेको छ ।

कार्यक्रममा विभिन्न संघ संस्था, स्थानिय गुठी संस्थान, पत्रकार , बुद्धिजिवी, समाजसेवी र सर्वधारणहरुलाई उपस्थिती हुन आयोजकले आग्रह गरेको छ ।

  • ६ पुष २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !