कालापानी क्षेत्रको सीमामा समस्या रहेको भारतको स्विकारोक्ति, समस्या समाधान गर्न भारत तयार

आजभोलि

भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ ।

भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले कुटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्ताव समेत गरेको थियो । नेपालको पत्रलाई एक महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको हो ।

पत्रको पहिलो बुँदामा कालापानी क्षेत्रको भूमि आफ्नै रहेको दाबी भारतले गरेको हो भन्ने उल्लेख छ । सीमाको ९८ प्रतिशत समस्या समाधान भएको र कालापानी र सुस्ता क्षेत्रको समस्या सल्टाउन तयार रहेको पत्रमा भनिएको छ ।

सीमा समस्या समाधानको लागि भारतले वार्ता गर्न सचिव स्तरीय सयन्त्र रोजेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाट पत्र आएको पुष्टि गरे पनि पत्रको विवरणबारे उल्लेख गरेका छैनन् ।

  • ८ पुष २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !