गगनले संसदमा भने कुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु

आजभोलि

काठमाडौं । कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीले महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएको भन्दै स्वास्थानी कथा शैलीमा व्यंग्य गरेका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैंठकको शून्य समयमा बोल्दै सांसद थापाले स्वास्थानी कथा बाचन गर्ने शैलीमा यस्तो व्यंग्य गरेका हुन्।

गगनले भने, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अप्ठ्यारोमै पर्न गए हत्तपत्त चोरीको सामान फर्काउनु र दुई पटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्। इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रत कथाय, बालुवाटार प्रकरण वर्णनम् प्रथम अध्याय, धन्यवाद।’

  • ६ फाल्गुन २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !