निधिले गरे सरकार भ्रष्टाचारमा डुबेको रहस्योद्घाटन

आजभोलि

जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार भ्रष्टाचारमा डुबेको रहस्योद्घाटन हुन थालेको जिकिर गरेका छन्। 

धनुषाको नगराईन नगरपालिक–५ गंगुलीमा शुक्रबार शिव मन्दिरको उद्घाटन गर्दै उपसभापति निधिले भने, ‘प्रधानमन्त्रीज्यू भन्ने गर्नुहुन्थ्यो- अब लुटिङ फ्यासिलिटी अन्त्य भइसक्यो। तर, उनकै घरमा बस्ने एकजना विश्वासपात्रले हिजै राजीनामा गर्नु भएको छ।’

उपसभापति निधिले प्रधानमन्त्रीको घर र कार्यालय दुवै ठाउँमा लुटिङ भइरहेको टिप्पणी गरे। 

‘प्रधानमन्त्रीज्यूको घर र कार्यालयमा लुटिङ भइरहेको छ। मुलुक भ्रष्टाचारको खाडलमा फस्दै छ, लुटिङ गर्नेलाई आज भगवान शिवले सबैको संहार गरुन्, म आग्रह गर्न चाहन्छु।’

अहिलेको कम्युनिस्ट सरकार संघीयता र संविधान मास्नतर्फ उद्यत रहेको भन्दै निधिले यसको रक्षा गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए। 

‘कम्युनिस्टहरु गणतन्त्र र संघीयतामाथि विश्वास गर्दैनन्, अहिलेको सरकार संविधान मास्नतर्फ अघि बढिरहेको छ, यसलाई जोगाउन हामी सबै एकजुट हुनुको विकल्प छैन,’ निधिले भने।

  • ९ फाल्गुन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !