प्रधानमन्त्री ज्यू, गरीब-सर्वहारा…को किड्नी कहिले फेर्ने ???

आजभोलि

MCC

लोकराज अवस्थी

प्रधानमन्त्री ज्यू, दोस्रो पटक तपाईको किड्नी प्रत्यारोपण सफल भएको छ । तपाईलाई नवजीवनको शुभकामना । देशको प्रधानमन्त्रीको स्वदेशमै, त्यो पनि विदेशी डाक्टरहरुको संलग्नतामा । र, पो खुशी भएको छु । मेरा लागि मात्र नभएर सबैका लागि खुशीको खबर हुनुपर्छ । रोग लागेपछि सहज र सफल उपचार पाएको क्षण सबै बिरामीका लागि सुखद हो । यस्तो अवस्था सबै बिरामीले अनुभव गर्न पाए अझै त्यो त झनै सन्तोषको कुरा हो ।

प्रधानमन्त्री ज्यू, नेपालमा लगभग ४० हजार किड्नीका बिरामी भएको स्वास्थ्य संस्थाहरुले दाबी गरिहेका छन् । जसमा तपाई पनि हो । तपाईको उपचार भएको छ । बाँकी बिरामीको उपचार के कसरी हुन्छ, नागरिकको मनमा यस्तै जिज्ञासाहरु उब्जिरहेका होलान । तपाईले नयाँ जीवन पाउनु भयो । बाँकी बिरामीको कसरी र कसको अगुवाईमा उपचार होला ? कहिले नवजीवन पाउलान त ? या नहोला । यो अझ गम्भीर प्रश्न छ ।

स्वास्थ्य परिक्षण गरेका बिरामीहरुको उपचार एक पाटो हो । गरिबीका कारण परिक्षण नै नगरेका हजारौ छन् होला । तिनकोे परिक्षण कसरी सम्भव हुन्छ । हुन त, तपाई तर्कशील व्यक्ति हो, भन्नुहोला गरीबलाई निःशुल्क परिक्षण भइरहेकोछ । अनि, सम्बृद्ध नेपालमा एक सय रुपयाँ नहुने केही छैनन् । यो सरकारको बदनामी गर्नेहरुले लगाउने आरोप हो । प्रधानमन्त्री ज्यूले, भनी दिनु पर्यो की बझाङ बाजुरा तथा ताप्लेजुङ र तराईका लागि दुर्गमवस्तीको बिरामीले कता जाँच गर्ने ? बझाङ बाजुराका बिरामीले जाँच गर्न धनगढी आइपुग्नु पर्छ । जसका लागि लगभग ३ हजार खर्च हुन्छ । एउटा बिरामी जाँच गर्न ३ हजार खर्च गर्नका लागि खेतवारी हुनेले खेत बेच्लान् । तर, नहुनेले के बेच्ने ? कसरी आफ्नो किड्नीको बारेमा थाहा पाउने ? उनीहरुले बेसार पानी खाएर दुखद् मृत्यु पर्खनु बाहेक अर्को विकल्प के नै रहन्छ र ?

गाउँ विकटको कुरा छोडी दिउँ । तपाईका नजिककालाई एक छिन काठमाडौंका सडक हेर्न पठाउनु होला । गल्ली सडकमा किड्नी प्रत्यारोपण गर्न नसकेर उपचारको याचना गरिरहेका धेरै बिरामी भेट्नु हुनेछ । अर्को दिन गंगालाला हृदय रोग केन्द्र वा अन्यत्र बुझ्न लगाउँ । अनि वास्तविकता थाहा हुन्छ । कसरी किड्नी प्रत्यारोपण गर्न नसकेर तड्पिरहेका छन् । कसरी चिसो सडकमा छटपटाइका साथ जीवन विताइ रहेका छन् । जसले तपाइलाई विश्वास दिलाउन सक्छ । यति गर्दा पनि चित्त नबुझै स्वस्थ भएपछि आफै गएर बुझे भयो ।

विपन्न नागरिक औषधि उपचार कोषले दिने ३ लाख रुपयाँ खै भन्नुहोला फेरी । यसको लागि सिफारिस गर्ने तपाईका कामरेडहरुलाई सोध्नुस । अनि थाहा हुन्छ । त्यो सहयोग पैशा कसले लान्छ भनेर । तपाइकै दाबालाई विश्वास मानौ । गरीबलाइ सरकारले दिने ३ लाख पाए । के यो प्रयाप्त हो त ? पहिलो पटक तपाईको मृगौला प्रत्यारोपण गर्न ३ लाख नै खर्च भएको थियो त ? शरीर र रोग त सबैको एक होला नी तपाई र नेताहरुको उपचारमा लाखौ खर्च हुने । तर गरीबको उपचार जसरी नि गरे हुने । नगरे हुने होइन होला नी, प्रधानमन्त्री ज्यू । रोग र शरीर सबैको उही हैन र?

प्रधानमन्त्री ज्यू, एक छिन सोच्नुस त, पहिलो पटक डाक्टरले तपाई किड्नीमा समस्या छ । नयाँ फेर्नु पर्छ, भन्दा तपाईलाई कस्तो लाग्याथ्यो । अनि तपाईको श्रीमतिलेथाहा पाउँदा कस्तो अनुभुति भयो होला । हुना त तपाईलाई सहज लाग्या नी हुन सक्छ । किनभने तपाई सहजै उपचार गर्ने अवस्थामा हुनुहुन्थ्यो । लामो समयदेखि शक्ति र सत्तामा रहेको तपाई उपचारको लागि कुनै ठूलो कुरा भएन । त्यही भएर पनि तपाईको लागि सामान्य भयो होला । तर पनि भित्रभित्रै तपाईले भावी जिन्दगीको बारेमा लामो समयसम्म धेर कुरा सोच्नु भो होला । मनमा अनेक कल्पना गर्नुभो होला । भविश्यमाथि बारम्बार घोत्लेर समिक्षा गर्नुभो होला ।

एउटा गरिव तथा विपन्न परिवारमा श्रीमान् वा श्रीमति तथा छोरोछोरी कसैका किड्नी फेर्नु पर्ने भो । उपचारको लागि पैशा छैन । काम नगरी एक छाक खान पाइदैन । अनि उनीहरुको परिवारको मनोदशा कस्तो भयो होला । उनीहरु कसरी दैनिक जिन्दगी जिउछन होला ? अनि कसरी आफ्ना भावी दिनहरु कटाउलान ? उनीहरुको अगाडि कि त आत्महत्या कि त पीडा सहनुको कुनै विकल्प हुन्न होला । र, उनीहरुको अगाडि पलपल बाचेर पनि मर्नुको अर्को विकल्प केही हुन्न । बाँचेर नी लास हुन्छ, त्यो जिन्दगी । अनि परिवार पीडा, बेदना, तनाव र अभावमा जिइरहन छन् । अनि प्रधानमन्त्री ज्यू, तपाई नै भन्नुस त, तपाईले भन्ने गरेको यी सर्वहाराको किड्नी कहिले फेर्ने त ?

डाक्टरका अनुसार किड्नीका बिरामीले प्रत्येक महिना लगभग ३० हजारको औषघि किन्नुपर्छ रे । अनि अधिकांश किड्नीका विरामी वा उपचार गर्न नसक्ने तपाईका सर्वहारा वर्गहरु नै बढी छन् । उनीहरुले जीउनजेलसम्म कसरी प्रत्येक महिना यति धेर खर्च गर्न सक्छन् । त्यो कसरी सम्भव हुन्छ । दिनभरी काम गरेर साँझ विहनन गुजरा गर्नेरुका लागि यो त सपनाको कुरा हो । असम्भव हो । ओषधि नखाएर भोग्ने पीडाको कुनै सीमा नै हुन सक्दैन । जब चौविसै घण्टा काम गरेर पनि उपचार सम्भव छैन । रोग र पीडासहितको संर्घष जिन्दगीको कथा कस्तो होला । सोच्दै सकिदैन ।

उतिबेला तपाई धेरै सर्वहाराको गफ हान्नु हुन्थ्यो रे ! आफू पनि सर्वहारा भएको दाबी गर्नुहुन्थ्यो रे ! तर तपाई त सर्वहारा रहनु भएनहोला । अरु त बाँकी छन । झन नयाँ नयाँ सर्वहारा थपिएका होलान् । अनि तपाईको शासनकालमा सर्वहाराले उपचार नपाउने तपाई उच्च त्यो पनि सरकारीसेवा सहित दोस्रो पटक किड्नी फेर्ने । यो कसरी हजम गर्लान्, उनीहरुले । त्यो सर्वहारा पहिले भन्दा दुखद र पिडादायी जिन्दगी बाँचीरहेको छ । तपाईको सर्वहाराको बारेमा गरेको भाषण सुन्नेहरु, आफैलाई धिक्कारी रहेका होलान् । सोच्दै होलान्, त्यो सर्वहारा केपी र प्रधानमन्त्री केपी किन कसरी यति सारो परिवर्तन भए त ? र, कामरेडलाई सोध्दैहोलान, सर्वहाराको जिन्दगीको त कुनै मूल्य नहुने रहेछ । तर, सर्वहाराको नेताको जीवनको मूल्य कति त ?

  • २६ फाल्गुन २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !