कोरोनाबाट अमेरिकामा एकै दिन १३ सय भन्दाबढीको मृत्यु , थपिए ३२ हजार नयाँ सङक्रमित

आजभोलि

बोष्टन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन १३ भन्दाबढीको मृत्यु भएको छ ।

अाज अर्थात अप्रिल ४ तारिकका दिन यो समाचार तयार पर्दा १३ सय ४ जनाको मृत्यु भएको छ । यो संख्यासँगै अमेरिकामा ८ हजार ४ सय १८ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी अमेरिकामा संक्रमितको संख्या ३ लाख नाधेको छ । आज मात्रै ३२ हजार १ ९४ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो संगै अमेरिकामा संक्रमितको संख्या ३ लाख १० हजार १ सय ४७ पुगेको छ।

संक्रमितको संख्या अनुसार निको हुनेको संख्या निकै कम देखिएको छ । यो समाचार तयार पर्दासम्म १४ हजार ६ सय ६१ जना यो संक्रमणपछि निको भएका छन् ।

अमेरिकाको न्यूयोर्कमा सबैभन्दावढी यस भाइरसको संक्रमण देखिएको छ । यहाँ आज ६ सय ३० जनाले ज्यान गुमाए ।

अमेरिकामा नेपालीले समेत ज्यान गुमाएका छन् । केही हप्ता अगाडि न्यूयोर्कमा अनिल लिम्बुको कोरोना संक्रमणको कारण ज्यान गएको थियो ।

सबैभन्दा धेरै न्यूयोर्कमा रहेका नेपालीहरूमा यसको संक्रमण देखिएको समाचारहरू बाहिर आएका छन् ।

त्यसैगरी बोष्टनमा समेत केही नेपालीमा यसको संक्रमण देखिएको छ । बोष्टनमा संक्रमित सबैजना नेपालीहरू कोरोना संक्रमणबाट निको भैसकेका छन् ।

  • २३ चैत्र २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !