ब्यबहारिक रुपमा भन्नुपर्दा भारतले जहिलेसम्म लक डाउन गर्छ, त्यो बेला सम्म नेपालले पनि लक डाउन गर्नुपर्छ | अन्यथा उताको महामारी यता आउने डर हुन्छ | भारतले अझै १ महिना लक डाउन गर्छ | भारतले छिटो लक डाउन खोल्यो भने पनि नेपालले सिमा क्षेत्रमा पुरै लक डाउन गर्नुपर्छ |
.
दैनिक काम गरेर खाने व्यक्ति, अति निम्न आय भएका व्यक्ति तथा कोरोना संक्रमणले बेरोजगार भएका व्यक्तिलाई राज्यले महिनाको १५,००० \- नगद तथा ५० किलो चामल राहत दिनुपर्छ | भोको पेटले लक डाउन पालना गर्न गाह्रो हुन्छ |
.
स्थानीय निकायले प्रति परिवार के कति राहत दिने भनेर सरकारले निर्देशन दिनुपर्छ |
.
प्रदेश सरकारले रोग नियन्त्रण तथा राहत कार्यक्रम चलाउनु पर्छ |
.
सुरक्षा निकायलाई बोर्डरमा बाक्लो गस्ती तथा सिमानाका बासिन्द्लाई राहत सहित जनचेतना प्रदान गर्नुपर्छ |
.
त्यस्तै राज्यले गाउँ जाने बाध्यता भएका तर सहरमा फसेका व्यक्तिहरुलाई २-३ दिनको समय दिएर गाउँ जाने प्रबन्ध गर्नुपर्छ |
.
प्रधानमन्त्री रोजगार कोष, सांसद बिकास कोष जस्ता कार्यक्रमको बजेट राहतमा खर्च गर्नुपर्छ | पहिले मान्छेको ज्यान बचाउनु ठूलो कुरा हो |
.
बिरामी हेर्न नमान्ने प्राइभेट अस्पताललाई राज्यले लिनुपर्दछ | यसमा कम्प्रोमाइज गर्नु हुँदैन |
.
त्यस्तै औषधि उपकरण खरिद अनियमितता गरेका सबैलाई बर्खास्त गर्नुपर्छ | यसो गरेमा भ्रष्ट डराउने अवस्था आउँछ |
.
यो महा बिपद्मा भ्रष्ट्राचार गर्ने, कमिसन खाने, सेटिंग मिलाउने, सक्रिय भएर काम नगर्नेलाई देशद्रोहको मुद्दा लगाएर जेल हाल्नुपर्छ | कालोबजारी गर्नेलाई पनि देशद्रोहको मुद्दा चलाउनु पर्छ |
.
प्रत्येक वडामा सुपथ मूल्य पसल खोल्नुपर्छ | जनतालाई सुगम हुनेगरी अत्यावश्यक बस्तु तथा औषधिको उपलब्धतामा ध्यान दिनुपर्दछ |
.
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रि , राजनैतिक लाभको पदमा बसेका व्यक्ति आदिले आफ्नो कमाइको ५० % राज्यकोषमा दाखिल गर्नुपर्दछ |
.
बिद्यालय, अस्पताल, सेवाग्राही सरकारी कार्यालय, निजि कार्यालय आदिले अनलाइन कार्यक्रम सुरु गर्नुपर्छ |
.
कोरोना परिक्षण गरेर नेगेटिभ देखिएका मजदुरलाई उद्योगमै खाने, बस्ने, काम गर्ने ब्यबस्था गर्नुपर्छ
.
कोरोना संक्रमण परिक्षणको दायरा बढाएर कोरोना नेगेटिभ भएकाहरुबाट कार्यालय, पसल लगायतका काम गराउनुपर्छ | कोरोना भाइरस हराउन लामो समय लाग्न सक्छ भन्ने कुरा हेक्का राखेर सुरक्षितरूपमा काम गर्ने प्लान बनाउनु जरुरी छ |
.
सातै प्रदेशका ठूला अस्पताल वा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पतालको रुपमा बिकास गर्नुपर्छ | हरेक जिल्ला अस्पतालमा कोरोना जाँचको ब्यबस्था गर्नुपर्छ |
.
सरकारले चीन, भारत, WHO देखि अन्य सम्भब ठाउबाट कोरोना जाच किट , PPE तथा भेन्टिलेटर ब्यबस्था गर्न बिभिन्न कुटनीतिक च्यानल प्रयोग गर्नुपर्दछ |
.
आइसीयु तथा भेन्टिलेटर चलाउने जनशक्ति हामीकहाँ कमी छ | सयौं डाक्टर तथा नर्सलाई भेन्टिलेटर चलाउने तथा आइसीयुमा काम गर्ने तालिम दिनु अपरिहार्य छ | दक्ष जनशक्ति नभए उपकरणको कुनै अर्थ हुँदैन |
.
स्वदेश आउन चाहने नेपालीलाई स्वदेश ल्याएर ३ हप्ता क्वारेन्टाइनमा राखेर घरफिर्तीको बाताबरण बनाउनुपर्छ |
.
कोरोना नियन्त्रण उच्चस्तरीय समितिमा मन्त्रीहरु मात्र होइन सम्बन्धित क्षेत्रका कर्मठ बिज्ञहरुलाई राख्नुपर्छ |डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ