सर, ईश्वरको लीला !

आजभोलि

योगिश कृष्ण

व्यंग्य

समाचार पढ्दै थिएं -ओम्नी समूहको भुक्तानी गर्न अवरोध गर्ने अधिकृत सरुवा भएछन् । निर्देशकको भनाइ – १५ दिनमा सरुवा हुनु नपर्ने हो । कसरी भए , भगवान जानून । कोरोनाका कारण मानिसको काम कम भएको छ । भगवानको बढेको छ । सानोतिनो कुरामा पनि भगवानको भूमिका बढ्दै गएको छ । राम्रो तरकरी घर आईपुगोस । लक डाउन चांडो सकियोस् । कोरोनाले हाम्रा कसैलाई नभेटोस , हैन -हैन – फलानालाई भेटे पनि बरु केही छैन । बाकीलाई भने केही नहोस् । यी सब भगवानको थप जिम्मेवारी ।

सोच्दै थिएं – ती अधिकृतको सरुवा कसले गरायो ? निर्देशक भन्छन् भगवान जानून । के सरुवा भगवानले गराएका हुन् ? भगवानले निजामती सेवा विपरीत किन सरुवा गराए ? अधिकृत को दोष के थियो भने उनले ओम्नी समूहको भुक्तानिलाई सहज हुन दिएनन् । यसको अर्थ यो त होइन – ओम्नी समूह नै नेपालीको भगवान हो?

यसै बेला बलदेवको फोन आयो ” दाजु , तिमीलाई ईश्वरमाथि विश्वास छ कि छैन ? ” म सरुवामा भगवान् को भूमिका खोज्दै थिएं , यता बलदेव ईश्वरको कुरा गर्दैछ । संयोग । उसले भन्यो ,” पहिले त मलाई धतपत थियो । तर , हिजोदेखि विश्वास भयो कि ईश्वर छ ” “के चमत्कार भयो , त्यस्तो ? ”

” हिजो सरकारले केही बेरका लागि निर्णय गर्यो कि उपत्यकाबाट दुई दिनका लागि मानिस बाहिर जान पाउँछन् । त्यसपछि उपप्रधानमन्त्रीले टिभी अन्तर्वार्तामा भन्नुभयो “म जुन समितिको संयोजक हुं , त्यसको बैठक नै बसेको छैन । कसरी निर्णय हुन्न्छ ? ” ” अनि के भो त ”

बलदेव हांस्यो ” सरकारमा उपप्रधानमन्त्री हुन्छ्न कि । बाहिर जान दिने निर्णय गर्दा उनी पक्कै थिए । केही घन्टापछि भनिदिए -त्यस्तो निर्णय भएकै छैन । कृष्ण भगवानको लीला थाहा छ , दाजु ? १६ हजार गोपिनी ले ठान्छन् कि भगवान उनैसंग मात्र छन् । वास्तवमा ऊनी कतै छैनन्, सबतिर छ्न। त्यस्तै उपप्रधानमन्त्री यता पनि छ्न ,उता पनि छ्न । वास्तवमा यता पनि छैनन , उता पनि छैनन् । ? भन त दाजु , यस्तो लीला ईश्वरबाहेक कसैले देखाउन सक्छ ? ” मसंग उत्तर छैन ।

  • २८ चैत्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !