सञ्चयकोषद्धारा कर्मचारीलाई कर्जा ब्याजमा छुट

आजभोलि

काठमाडौँ । कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको आज जानकारी दिएको छ । त्यस्तो सापटीको असार मसान्तसम्मको ब्याज बुझाउने अवधि साउन मसान्तसम्म कायम गरिएको कोषका सहप्रशासक राजेन्द्र काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोषले नियमित सञ्चयकोष कट्टा गरिरहेका सञ्चयकर्ताको कोभिड–२०१९ को सङ्क्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्तिबापत रु दुई लाख हकवालालाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।

  • २८ चैत्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !