दिल्ली । भारतले कारोनाबाट बच्नको लाथि अझै दुइ हप्ता लकडाउनकोे अवधि बढाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीबीच भएको भिडियो कन्फ्रेन्सबाट २ हप्ता थप लम्ब्याउने सहमति भएको हो । उक्त बैठकमा कम्तिमा पनि १३ मुख्यमन्त्री सहभागी भएको जनाइएको छ ।
आउँदो मंगलबार २१ दिने लकडाउन सकिदैछ । भारतीय प्रधानमन्त्री मोदी मानिसको जीवन र अर्थतन्त्र दुबै जागाउनु आवश्यक रहेको बताएकाछन् । सबै मुख्यमन्त्रीले लकडाउनको म्याद थप्नेमा सहमती जनाएको भारतीय संचार माध्यमले जनाएका छन् ।
कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म २ सय ४२ जनाको मृत्यु भएको छ । ७ हजार ६ सय संक्रमित भएको जनाइएको छ ।