कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघ्यो, अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा

आजभोलि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा गरेका छन् ।

ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कोरोना भाइरसविरुद्धको लडाईंलाई थप प्रभावकारी बनाउन सोमबार ५० वटै राज्यमा पूर्णरुपमा संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका हुन् । यो लकडाउनकै स्वरुप हो । अब मानिसहरु बाहिर हिँडडुल गर्न पाउने छैनन् ।

ट्रम्पले आफूहरु अहिले एउटा अदृश्य शत्रुसँग युद्ध गरिरहेको ट्वीटरमा उल्लेख गरेका छन् । उनले आफूहरु जित्ने दाबी समेत गरेका छन् । अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा धेरै २२ हजार १ सय १५ जनाको मृत्यु भएको छ भने ५ लाख ६० हजार बढी संक्रमित छन् । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १५ हजार २ सय २४ रहेको छ भने १८ लाख ६५ हजार बढी संक्रमित छन् ।

यसैबीच दक्षिण कोरियाले संयुक्त राष्ट्र अमेरिकालाई ६ लाख थान नोभेल कोरोना भाइरस परीक्षण किट सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परीक्षण किट सहयोगको आह्वान गरेपछि दक्षिण कोरियाले मंगलबार पहिलो चरणमा ६ लाख किट पठाउन लागिएको रोयटर्सले उल्लेख गरेको छ ।

  • १ बैशाख २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !