कोरोनाका कारण विश्वमा एक लाख १९ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा मृतकको संख्या २३ हजार नाघ्यो

आजभोलि

कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या संख्या १ लाख १९ हजार ५ सय ८७ पुगेको छ । त्यस्तै १९ लाख २३ हजार भन्दा बढी संक्रमित देखिएका छन् भने ४ लाख २३ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् । कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या बढेको छ । त्यहाँ कोरोना भाइरसका कारण २३ हजार भन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय १० पुगेको छ। वल्डोमिटरको मंगलबार विहानको तथ्यांक अनुसार त्यहाँ संक्रमितको संख्या ५ लाख ८६ हजार ३ सय ७७ पुगेको छ । विगत २४ घण्टामा अमेरिकामा २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५ सय ८३ जनाको ज्यान गएको छ । इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ । इटालीमा संक्रमितको संख्या १ लाख ६० हजार छ ।

त्यस्तै स्पेनमा १७ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । बेलायतमा पनि मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ भने त्यहाँ २४ घण्टामा ७ सय १७ ले ज्यान गुमाएका छन् ।

  • २ बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !