डोटीका ३ सय ३० जनाको स्वाव रिपोर्ट नेगेटिभ

आजभोलि

डोटी जिल्लाका नौ वटा स्थानीयतहका १२ वटा क्वारेन्टाइनमा रहेका ३ सय ३० जनामा गरिएको कोभिड–१९ को परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गत चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वारेन्टाइनमा बसेका ३ सय ५ र अन्य २५ गरी जम्मा ३ सय ३० जनाको स्वाव सङ्कलन गरेर लगेका मध्ये सबैको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

स्वाव सङकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौं लयाईएकोमा परीक्षण गर्दा सबै जनाको नतिजा नेगेटिभ आएको हो ।

कोभिड–१९ को रिजल्ट नेगेटिभ आएपछि जिल्लाका नौ वटै स्थानीयतहका क्वारेन्टाइनमा रहेका ३ सय ३० जनालाई आजै घर पठाइएको छ ।

यस्तै, कैलाली र कञ्चनपुरमा ५ जनामा कोभिड–१९ को सङक्रमण भएको पुष्टि भएको छ ।

कोरोना संक्रमण भएकाहरुको कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको र सबैको अवस्था सुधारोन्मुख रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणका बिरामी थपिदै जानथालेपछि सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको संकेत देखिदै आएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

  • २ बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !