सामाजिक क्षेत्रका युवाले कोरोना सम्बन्धि सचेतना अभियान सञ्चालन गर्ने

आजभोलि

काठमाडौँ । कोरोना (कोभिड–१९) संक्रमणको समयमा विभिन्न क्षेत्रमा आवद्ध नागरिकको भूमिकाका विषयमा भिडियो कन्फ्रेरेन्स सम्पन्न भएको छ । भिडियो कन्फरेन्समा देशका विभिन्न स्थानमा रहेका सञ्चारकर्मी, युवासंघ संस्था, नागरिक समाजका प्रतिनिधि, शिक्षक, प्रध्यापक, कानुन व्यासायी, युवा विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरु सहित १५ जनाको सहभागिता रहेको थियो ।

भिडियो कन्फ्रेरेन्समा सहभागीहरुले विश्वब्याधीको समयमा कसरी आफ्नो भूमिका प्रस्तुत गर्ने भन्ने विषयमा छलफल गरेका थिए । सहभागीहले सूचना प्रवाहमा समस्या रहेको कुरालाई सबैले उठान गरेका थिए । सरकारले लकडाउनलाई थप व्यवस्थित गर्नुपर्ने विषयलाई समेत उठान गरिएको थियो ।

सहभागीहरुले नाकाको व्यवसथापन, मजदुर तथा असहायको व्यवस्थापन पनि छलफलको प्राथमिकताको विषय बनेको थियो । सबै सहभागीले युवा परिचालनको नाममा राष्ट्रिय युवा परिषद्ले गरेको आह्वानप्रति असहमति जाहेर गरेका थिए । क्वारेन्टाईन तथा आईसोलेसनका सम्बन्धमा बुझाई फरक फरक रहेको भन्ने विषयमा पनि आफ्नो धारणा राखेको थिए ।

१ घण्टा १७ मिनेट चलेको जुम बैठकमा कोरोनाको जाँचका लागि प्रयोग भएको र्यापिड डाइग्नोस्टिक टेस्ट तथा अन्य प्रविधि र नियन्त्रणका उपायहरुको प्रभावकारिता तथा गुणस्तरियताको बारेमा छलफल गरिएको थियो ।

राहत वितरण, सिमामा रहेको नेपाली कामदार, विदेशमा अध्ययनरत विद्यार्थी, काम गरिहेका मजदुरको उचित व्यवस्थापन गर्न नसके ठूलो समस्या सिर्जना हुनेमा जोड दिएका थिए । नेपालभित्रै काम गरिरहेका मजदुर, किसान, युवा विद्यार्थी, कम आय भएका, गरिबीको रेखामुनि रहेको तथा विपन्न वर्गको दैनिकी संचालनका विषयमा छलफल केन्द्रित भएको थियो ।

कन्फ्रेरेन्समा युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडा, राष्ट्रिय युवा महासंघका अध्यक्ष सुजन घले, सञ्चारकर्मी तथा फोरएच नेपालका अध्यक्ष लोकराज अवस्थीको उपस्थिति रहेको थियो ।

कन्फ्रेरेन्समा आयोन नेपालका अध्यक्ष जगदिश ऐर, पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा.ऋषिकेश पाण्डे, युथ एक्सनका अध्यक्ष नेपालका मदन पोखरेलले पनि आ आफ््नो भनाई राखेका थिए ।

कानून व्यावसायी मनोज आठपहरीया, युवा अभियन्ता दिवाकर उप्रेती, तिर्थराज कोईराला, सञ्चारकर्मी केशवप्रसाद पाण्डे लगाायतको सहभागिता रहेको थियो ।

सबै युवा अभियान्ताहरुले कोरोनाका लागि सचेतनामुलक कार्यक्रम तथा अभियान संचालन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रत्येक दिन कन्फ्रेरेन्स लगातार संचालन गर्ने पनि जनाइएको छ ।

File Photo

  • २ बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !