सनसिटी ब्लक ए मा बस्ने सबैको रिपोर्ट नेगेटिभ

आजभोलि

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ए ब्लकमा बुधबार गरिएको र्यापिड टेस्टमा सबैको नेगेटिभ रिपोर्ट आएको छ । र्यापिड टेष्टका लागि बिहान ९ बजेदेखि त्यहाँ स्वास्थ्य मन्त्रायलको टोली खटिएको थियो । ए ब्लकमा बस्ने दुई सय ९६ जनाको बुधबार परीक्षण गरिएको थियो ।

यसअघि मंगलबार पिसिआरमार्फत गरिएको परीक्षणमा दुईजनाको पोजेटिभ रिपोर्ट आएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले ए ब्लकमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

कोरोना संक्रमितहरु ए ब्लकमा बस्दै आएका थिए । सनसिटी अपार्टमेन्टमा रहेका पाँच ब्लकमा ५ सय परिवारका करिब १५ सयजना बस्दै आएका छन् । त्यहाँ सबैको र्यापिड टेष्ट गर्ने तयारी गरिएको छ ।

  • ३ बैशाख २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !