दक्षिण कोरियामा भएको निर्वाचनमा सत्तारूढ दललाई बहुमत

आजभोलि

दक्षिण कोरियामा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मुन जेइनको पार्टीले विजयी भएको छ । कोरोनाभाइरस महामारी सुरु भएयता आवधिक निर्वाचन सम्पन्न गर्ने दक्षिण कोरिया पहिलोमध्ये एक राष्ट्र हो । त्यहाँ बुधवार देशभरि मतदान भएको थियो । त्यसका लागि सामाजिक दूरी कायम राख्दै सुरक्षाका विभिन्न उपाय अवलम्बन गरिएको थियो ।

अधिकांश मतगणना सम्पन्न हुँदा ३०० सीट भएको त्यहाँको संसद्मा राष्ट्रपति मुनको डेमोक्र्या्टिक पार्टीले १६३ सीट जितेको छ । उक्त दलसँग सहकार्य गरेको प्लेटफर्म पार्टीले १७ स्थानमा जित्ने प्रक्षेपण गरिएको छ। त्यसो हुँदा राष्ट्रपतिको दललाई सरकार निर्माणका लागि कुल १८० सीट पुग्ने देखिन्छ । निर्वाचनमा ३५ वटा दल सहभागी भएका थिए ।

तर मुख्य प्रतिस्पर्धा भने वामपन्थी झुकाव भएको डेमोक्रेटिक पार्टी र रूढीवादी विचाधाराको विपक्षी दल यूनाइटेड फ्यूचर पार्टीबीच थियो । यूनाइटेड फ्यूचर पार्टी र उसका संसदीय साझेदारहरूले १०३ सीट जित्ने अपेक्षा गरिएको थियो । यूनाइटेड फ्यूचर पार्टीबाट विजयी हुनेमा उत्तर कोरियाबाट भागेर आएका प्योङ्याङका पूर्वकूटनीतिज्ञ थाइ योङ हो पनि छन् । उत्तर कोरियाबाट पलायन हुनुअघि उनी लन्डनमा उत्तर कोरियाली दूतावासमा वरिष्ठ कूटनीतिज्ञ थिए ।

दक्षिण कोरियामा केही समय कोरोनाभाइरस सङ्क्रमण अत्यासलाग्दो गरी फैलिएको थियो । चीनपछि त्यहाँ कोभिड १९ भएका मानिसको सङ्ख्या सर्वाधिक थियो । तर व्यापक परीक्षण, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसको पहिचान र व्यक्तगत दूरी जस्ता उपाय अवलम्बन गरेर सरकारले महामारीलाई नियन्त्रणमा ल्याएको छ ।

राष्ट्रपति मुनको दलको विजयलाई कोरोनाभाइरस महामारीसँग जुझ्न सरकारले गरेको कामको अनुमोदनका रूपमा हेरिएको छ । जितसँगै राष्ट्रपतिको सरकारलाई सन् १९८७ मा पहिलो प्रजातान्त्रिक निर्वाचन भएयता संसद्मा विशाल बहुमत प्राप्त हुनेछ । सोह्र वर्षमा वामपन्थी झुकाव भएका पार्टीहरूले बहुमत ल्याएको समेत पहिलो पटक हो । दक्षिण कोरियामा सन् १९५२ देखि सबै निर्वाचन निर्धारित समयमा हुँदै आएको छ। सन् १९५२ कोरियाली युद्ध चलिरहँदा पनि राष्ट्रपतीय निर्वाचन भएको थियो ।

  • ४ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !